अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४५ | Colorodo: 08:00

बोत्स्वाना एनआरएनए अध्यक्षमा शान्ति भण्डारी

बिआरटीनेपाल २०७८ साउन १६ गते १०:१३ मा प्रकाशित

गबोरोने, बोत्स्वाना ।दक्षिणी अफ़्रिकि भुपेरिवेष्ठित मुलुक बोत्स्वाना एनआरएनएको आज सम्पन्न वार्षिक साधारण सभाले श्रीमती शान्ति भण्डारीलाई निर्विरोध अध्यक्ष चयन गरेको छ ।

त्यसै गरी तुलसी कामी अन्तर्राष्ट्रिय समितिको सदस्यमा चुनिनु भएको छ । सर्वसम्मत चुनिएको कार्यसमितिमा गोविन्द प्रसाद कंडेल उपाध्यक्ष, गोपाल बहादुर खडका महासचिव, जितु बिक कोषाध्यक्ष, इन्दु दाहाल महिला संयोजक र नारायण प्रसाद दाहाल युवा संयोजक चुनिनु भएको छ ।

त्यसै गरी कार्य समिति सदस्यहरूमा खुश बहादुर, प्रभा बाँसकोटा, खुश्बु कुमारी बजाज, कृष्ण कंडेल र सिर्जना पन्त रहनु भएको छ । साधारण सभाको अनुगमनकर्ता पूर्व अध्यक्ष डा. बिपी यादव हुनुहुन्थ्यो भने सभापतित्व निवर्तमान अध्यक्ष पदम भण्डारीले गर्नु भएको थियो ।

बिस लाख जनसङ्ख्या भएको दक्षिण अफ्रिकाको उत्तरमा रहेको बोत्स्वाना द्रुत गतिले विकास भई रहेको अफ्रिकी देश हो । सन १९६० मा प्रति व्यक्ती आय ६० डलर रहेको बोत्स्वानाको अहिले प्रति व्यक्ती आय वार्षिक १८,८२५ डलर छ । खनिज / खानी , पशुपालन र पर्यटन यहाँका आम्दानीका मुख्य श्रोत हुन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू