अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४३ | Colorodo: 02:58

क्यालिफोर्नियाको सिनेमा हलमा गोली चल्दा १ जनाको मृत्यु, सन्दिग्ध बन्दुकधारी पक्राउ

विजय थापा २०७८ साउन १६ गते १०:०७ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्निया राज्यमा सिनेमा हलमा भएको गोली काण्ड हुँदा १ जनाको मृत्यु भएको छ भने सन्दिग्ध बन्दुकधारीलाई पक्राउ गरिएको छ । क्यालिफोर्नियाको दक्षिणी क्षेत्र स्थित एक सिनेमा हल भित्र सन्दिग्धले २ जनालाई टाउकोमा गोली हानेका थिए ।

प्रहरीले यसै सिलसिलामा उनलाई हत्या र हत्याको प्रयास गरेको अभियोग लगाइएको छ । गत शुक्रवारका दिन उक्त घटनाको बारेमा वादीले बताएका थिए । २० वर्षीय जोसेप जिमेनिज नामक व्यक्ति गत शुक्रवार रिभरसाइड काउन्टीको उच्च अदालतमा हाजिर भएका थिए ।

उनलाई पक्राउ गरे देखि उनीलाई कारागारमा कैद गरिएको प्रहरीले जनाएका छन् । गत सोमबार चलचित्र हेर्न गएका १८ वर्षीय राइली गुडरिच तथा १९ वर्षीय एन्थोनी बाराजासलाई चलचित्रका कर्मचारीले राती ९:३५ मा फेला पारेका थिए ।

उक्त समयमा दि फरएभर पर्ज नामक चलचित्र प्रदर्शन भई रहेको थियो । गुडरिचको चलचित्र भवन भित्रै निधन भएको थियो भने बाराजासलाई नजिकैको अस्पताल लागिएको थियो ।

प्रहरी अधिकारीका अनुसार पीडित र बन्दुक चलाउने बिच कुनै सम्बन्ध नभएको उल्लेख गरेका छन् । वक्तव्य अनुसार उक्त घटना अचानक भएको जनाएका छन् । गत सोमबार घटना पछि उनलाई गत मङ्गलवार पक्राउ गरिएको थियो । उनले चलाएको बन्दुक समेत जफत गरिएको समाचार एबिसी न्युजले उल्लेख गरेको छ ।

सस्पेक्टको फोटो Photo credit: Fox 11

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू