अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४८ | Colorodo: 22:03

अमेरिकी पत्रिकाको प्रतियोगितामा शारीरिक सुगठनका नेपाली मूलका उत्सव सिंह अन्तिम चरणमा प्रवेश

विजय थापा २०७८ साउन १६ गते ८:४८ मा प्रकाशित

डिसी । अमेरिकाको टेक्सस राज्यमा बस्दै आएका नेपाली मूलका शारीरिक सुगठनका युवा उत्सव सिंह अन्तिम चरण(फाइनल)मा पुग्न सफल भएका छन् । अमेरिकी पत्रिका(म्यागेजिन )ले आयोजना गरेको प्रतियोगितामा सिंह सेमी फाइनलबाट उनी फाइनलमा प्रवेश गरेका छन् ।

स्मरण रहोस्, सिंहले जुलाई ३ का दिन टेक्सस राज्यमा सम्पन्न शारीरिक सुगठन प्रतियोगितामा दुईवटा स्वर्ण पदक प्राप्त गरेका थिए । उक्त प्रतियोगितामा सहभागी भई दुई वटा स्वर्ण पदक हात पार्ने उनी नेपाली मूलका पहिलो व्यक्ति हुन् ।

जुलाई ३० का शुक्रवार दिउसो अमेरिकी पूर्वीय समय १२ बजे पछि सेमी फाइनलबाट फाइनलमा प्रवेश गर्दै अर्को फड्को हानेका छन् । उनले सबै विश्वमा रहनु हुने सबै नेपाली समुदायलाई मतदान गर्न आग्रह गरेका छन् । अन्तिम चरण अर्थात् फाइनलको मतदान अगस्त ५ सम्म राती ७ बजे ( प्यासिफिक समय )सम्म रहने छन् । अन्तिम चरणको लागि मतदान सुरु भई सकेको छ ।

८ वटा समूह रहेकोमा उनी आफ्नो समूहबाट प्रथम भई अन्तिम चरण (फाइनल) मा पुग्दै अब उनले ८ जनासँग प्रतिस्पर्धा गर्नु पर्नेछ । उक्त प्रतियोगितामा विजेता भएमा प्रथम हुनेलाई २० हजार डलर पुरस्कार प्रदान गरिने छ ।

अमेरिकी पत्रिका -फिचर्ड मसल एण्ड फिटनेस नामक पत्रिकामा विजेताको तस्बिर उक्त पत्रिकाको मुख्य पृष्ठमा प्रकाशित गर्नेछ ।

अमेरिकी इतिहासमा नेपाली समुदायलाई प्रतिनिधित्व गर्दै पत्रिकामा सहभागी भई अन्तिम चरणमा पुग्ने पनि अहिले सम्म उनी एक मात्र नेपाली हुन् । उनी विजेता भएमा केही समाज सेवामा सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

टेक्सस राज्यको ड्यालसमा विगत ७ वर्ष देखि बसोबास गर्दै आएका सिंहको पुर्खौली घर बुटवल हो । उनले अगस्त २४ ,२०१९ का दिन अमेरिकाको मेरिल्यान्ड राज्यको लरेल सहरमा सम्पन्न एनपीसी क्यापिटल ग्रान्ड प्रिक्स प्रतियोगितामा सिंहलाई स्वर्ण पदक प्राप्त गरेका थिए ।

प्रतिक्रिया