अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१९ | Colorodo: 07:34

ओलम्पिकमा अमेरिकी खेलाडीलाई विश्व कीर्तिमानसहित स्वर्ण

बिआरटीनेपाल २०७८ साउन १६ गते ६:५४ मा प्रकाशित

टोकियो ओलम्पिकमा अमेरिकी पौडी खेलाडी सेलेब ड्रेसलले विश्व कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् ।

टोकियो ओलम्पिकमा ड्रेसलको यो तेस्रो स्वर्ण हो । शनिबार भएको पुरुष एक सय मिटर बटरफ्लाइमा ड्रेसलले ४९ सेकेण्ड ४५ मिलिसेकेण्डमा जित निकाले । उनले आफ्नै नामको ४९ सेकेण्ड ५० मिलिसेकेण्डको कीर्तिमान समेत भङ्ग गरेका हुन् ।

हङ्गेरीका क्रिस्टोफ मिलिकले ४९ सेकेण्ड ६८ मिलिसेकेण्डसहित रजत जिते भने स्विट्जरल्यान्डका नोए पोन्टीले ५० सेकेन्ड ७४ मिलिसेकेण्डसहित कास्य जितेका छन् ।

प्रतिक्रिया