अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५६ | Colorodo: 18:11

नेपालमा थप ३ हजार १ सय ६ जनामा कोरोना पुष्टि, परीक्षणको २३ प्रतिशतमा संक्रमण

बिआरटीनेपाल २०७८ साउन १६ गते ६:२९ मा प्रकाशित

पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ९ हजार २ सय ६३ जनाको पीसीआर र ४ हजार २ सय ५६ जनाको एन्टीजेन गरी १३ हजार ५ सय १९ जनाको परीक्षण गर्दा ३ हजार १ सय ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो कुल परीक्षणको झण्डै २३ प्रतिशत हो ।

आज थपिएका सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ७ लाख ५६ हजार ७ सय ३९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १ हजार ९ सय १६ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ५४ हजार १ सय ७७ जना पुगेको छ । थप २३ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् ।

योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ८ सय ५७ जना पुगेको छ । अहिले नेपालमा ३१ हजार ३ सय ५५ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू