अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१६ | Colorodo: 01:31

एमाले स्थायी कमिटी स्थगित, आइतबार बस्ने

बिआरटीनेपाल २०७८ साउन १६ गते ६:२३ मा प्रकाशित

आजका लागि डाकिएकोनेकपा ९एमाले०को स्थायी कमिटी बैठक स्थगित भएको छ ।विघटित एकता कार्यदल बैठकको आग्रहपछि आइतबार बस्नेगरी स्थायी कमिटी बैठक स्थगित भएको हो । कार्यदलको बैठकले पार्टी एकताका लागि समझदारी जुटाउन स्थायी कमिटी बैठक स्थगित गर्न आग्रह गरेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिनुभयो ।

स्थायी कमिटी बैठक शनिबार दिउँसो ३ बजेका लागि बोलाइएको थियो । बैठकमा केन्द्रीय विभागको पूर्णता, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नविकरण र वितरणलगायतका विषयमा छलफल हुने तयारी गरिएको थियो ।

सत्ताबाट बाहिरिएलगत्तै नेकपा एमालेको पार्टीगत सक्रियता पनि बढ्दै गएको छ । पार्टीको संस्थापन समूह र माधवकुमार नेपालसहितको विद्रोही समूहबीच एकताको विषय लम्बिरहेको छ भने दुवै पक्षका नेताबीच घोचपेच जारी छ ।

विवादका बीच स्थायी कमिटीले गर्ने निर्णयले नेपाल समूहसँगको दूरीलगायत पार्टीका संगठन र भविष्यप्रति दुरगामी प्रभाव पार्न सक्ने भएकाले एमालेको बैठकप्रति सबैको ध्यान केन्द्रित छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू