अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०२ | Colorodo: 18:17

हङकङमा नयाँ सुरक्षा कानून अन्तर्गत सजाय दिइयो

बिआरटीनेपाल २०७८ साउन १५ गते ७:३८ मा प्रकाशित

हङकङमा विवादास्पद नयाँ सुरक्षा कानून अन्तर्गत पहिलो व्यक्तिलाई सजाय दिइएको छ ।हङकङका बासिन्दा टोङ यिङ–किटलाई बिरोध प्रर्दशनका क्रममा ‘हङकङलाई स्वतन्त्र गर, यो हाम्रो समयको क्रान्ति हो’ नारा लेखिएको झन्डा बोकेर प्रहरीमाझ मोटरसाइकल चलाएको आरोपमा उनलाई ९ बर्षको जेल सजायँ तोकिएको हो ।

विरोध प्रदर्शनमा झन्डा बोकेर पृथकतावादलाई समर्थन गरेको ठहर सहित १५ दिन सम्म चलेको मुद्दापछी उनलाई ९ बर्षको जेल सजायँ दिइएको हो । ती ब्यक्तिलाई सजाय दिएपछि अब हङकङमा बिबादकाास्पद राष्ट्रिय सुरक्षा कानुन कडाईका साथ लागु हुने निश्चित भएको छ ।

हङकङमा सन् २०२० मा यो कानुन लागु भएदेखि १ सय भन्दा बढी ब्यक्तिलाई गिरफतार गरि सकिएको छ । हङकङमा सन् २०१९ मा लोकतन्त्र समर्थक आन्दोलन शुरु भएपछी नियन्त्रणका लागि यो कानुन लागु गरिएको हो । जसको ब्यापक बिरोध भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू