अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०७ | Colorodo: 22:22

चीनको नान्चिङ सहरमा कोरोना संक्रमण फैलियो

बिआरटीनेपाल २०७८ साउन १५ गते ७:२९ मा प्रकाशित

चीनमा पछिल्लो समय देखिएको कोरोना संक्रमण वुहान सहरमा फैलिएको संक्रमण यताकै ठूलो भएको चिनियाँ सञ्चार माध्यमहरुले बताएका छन् ।जुलाई २० मा चीनको नान्चिङ सहरको विमानस्थलमा एकजनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसयता अहिलेसम्म दुई सय जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।

नान्चिङबाट आउने सबै उडानहरु अगष्ट ११ सम्मको लागि रद्द गरिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । नान्चिङ सहरमा संक्रमण रोक्न नसकेको भन्दै सरकारको आलोचना भएसँगै सहरमा परीक्षण व्यापक बनाइएको छ ।

चिनियाँ समाचार संस्थाका अनुसार उक्त सहरका ९३ लाख मानिसको कोरोना परीक्षण गरिने भएको छ । यो सहरमा भ्रमणका लागि आएका मानिसको पनि कोरोना परीक्षण गरिने जनाइएको छ । अधिकारीहरुका अनुसार अहिले फैलिएको संक्रमणको प्रमुख कारण डेल्टा भेरियन्ट हो ।

विमानस्थलमा मानिसको अत्यधिक भिडभाडका कारण कोरोना संक्रमण बढेको अधिकारीहरुले बताएका छन् । चीनले आफ्नो मुलुकमा विभिन्न योजना प्रयोग गर्दै संक्रमणलाई नियन्त्रणमा राख्न सफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू