अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२४ | Colorodo: 03:39

एन्फा र राष्ट्रिय फुटबल लिग खेल्ने क्लबबीचको बैठक निष्कर्षविहीन

बिआरटीनेपाल २०७८ साउन १५ गते ७:२२ मा प्रकाशित

अखिल नेपाल फुटबल संघ एन्फा र राष्ट्रिय फुटबल लिग खेल्ने क्लबबीचको बैठक निष्कर्षविहीन सकिएको छ ।एन्फा कम्प्लेक्स सातदोबाटोमा आज बसेको १० क्लब र एन्फाबीचको बैठक निष्कर्षविहीन सकिएको हो । एन्फाले राष्ट्रिय लिगको मिति तय गर्न र अन्य मोडालिटीबारे छलफल गर्न बैठक बोलाएको थियो । एन्फाले असोज ३ गतेबाट सहिद स्मारक ’ए’ डिभिजन लिग शुरु हुने बताइसकेको छ ।

राष्ट्रिय लिगका लागि कात्तिक ३० गतेको प्रस्तावित मिति एन्फाले छलफलमा राखेको छ । एन्फाले राष्ट्रिय लिग ‘होम एण्ड अवे’का आधारमा सञ्चालन गर्ने तयारी समेत गरेको छ । छलफलमा लिग कमिटिका संयोजक सन्जिब मिश्रले राष्ट्रिय लिग र ’ए’ डिभिजन लिग संगै संगै लैजानु पर्ने धारणा राख्नु भएको थियो । तर शीर्ष डिभिजनका ६ क्लबले राष्ट्रिय लिग सकेर मात्र सहिद स्मारक ’ए’ लिग गर्न आग्रह गरेका थिए ।

यस्तै एन्फा प्रेसिडेन्ट लिगबाट छनोट भएका चार क्लबले राष्ट्रिय लिग एक महिना भन्दा लामो नगर्न आग्रह गरेका थिए । आजको बैठकले ठोस निष्कर्ष निकाल्न नसकेपछि अर्को बैठक आइतबारका लागि बोलाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू