अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५८ | Colorodo: 08:13

लकडाउनको अवज्ञा भएपछि अस्ट्रेलियामा सेना परिचालन

बिआरटीनेपाल २०७८ साउन १५ गते ७:२० मा प्रकाशित

अस्ट्रेलियामा कोरोना भाइरसको डेल्टा भेरियन्ट संक्रमितको संख्या बढ्दै गएपछि लागू गरिएको लकडाउनमा कडाइ गर्न सेना परिचालन गरिएको छ ।अस्ट्रेलियाका सिड्नी लगायतका शहरहरूमा जारी लकडाउनमा सर्वसाधारणले बेवास्ता गरेपछि सेना परिचालन गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हालै परिचालन गरिएको अस्ट्रेलियन डिफेन्स फोर्सका सैनिकहरू संक्रमण भएका क्षेत्रमा लकडाउन सम्बन्धी नियम पालना भए वा नभएको हेर्न प्रहरीसँगै खटिन थालेका छन् ।

डेल्टा भेरियन्टका कारण अस्ट्रेलियमा ३ हजार नागरिक संक्रमित भएपछि लकडाउन लागू गरिएको हो । विगत पाँच साता यता जारी गरिएको लकडाउनका बीच सिड्नीमा संक्रमण दर झन् तीव्र बन्दै गएको छ । सेना परिचालनप्रति सिड्नीका सर्वसाधारणले विरोध जनाएका छन् । अष्ट्रेलियामा अगस्ट २८ तारिखसम्म कायम रहने गरी लागू गरिउको लकडाउनमा आवश्यक व्यायाम, किनमेल वा हेरचाहका लागि वा अन्य कारण बाहेक घरबाट निस्कन प्रतिबन्ध लगाएको छ । यस्तै १० किलोमिटर भन्दा लामो यात्रा गर्न नपाइने नियम लगाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू