अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०६ | Colorodo: 03:21

चिनियाँ राजदूत र ऊर्जा मन्त्री भुसालबीच भेटवार्ता

बिआरटीनेपाल २०७८ साउन १५ गते ७:०९ मा प्रकाशित

चिनियाँ राजदूत होउ यान्छी र ऊर्जा मन्त्री पम्फा भुसालबीच भेटवार्ता भएको छ । आज सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा उहाँहरूबीच भेटवार्ता भएको हो।

भेटवार्ताका क्रममा दुई देशका बीच आपसी सम्बन्ध र विविध चासोका विषयमा छलफल भएको ऊर्जा मन्त्रीको सचिवालयले जानकारी दिएको छ।

वर्षौंदेखि जनस्तर र सरकारबीच रहिआएको गहिरो सम्बन्ध आगामी दिनमा अझै प्रगाढ हुँदै जाने विश्वास आफूले लिएको ऊर्जा मन्त्री भुसालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू