अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४५ | Colorodo: 15:00

नेपाललाई थप १६ लाख डोज खोप अनुदान दिने चीनको प्रतिवद्दता

बिआरटीनेपाल २०७८ साउन १५ गते ६:५५ मा प्रकाशित

चीनले नेपाललाई कोभिड–१९ विरुद्धको थप १६ लाख डोज खोप अनुदान दिने भएको छ । शुक्रबार अर्थमन्त्री जनार्दन शर्मासँगको भेटमा काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले थप १६ लाख डोज खोप उपलब्ध गराउे प्रतिबद्धता जनाउनुभएको हो ।

चीनले दिने भनेको थप खोप चाँडै आउने राजदूत यान्छीले बताउनुभयो । चीनले यसअघि नेपाललाई १८ लाख डोज खोप अनुदानमा उपलब्ध गराइसकेको छ ।

भेटमा अर्थमन्त्री शर्माले चीनबाट थप खोप खरिद प्रक्रिया अघि बढाएकाले सहजीकरण गर्नको लागि आग्रह गर्नुभएको थियो । यस्तै उहाँले चिनियाँ लगानीमा अघि बढिरहेका सडक, जलविद्युत, विमानस्थललगायतका निर्माणाधिन परियोजना सम्पन्न गर्न नेपाल सरकारले गर्नुपर्ने कामहरुको सम्बन्धमा गम्भीरतापूर्वक ध्यान दिने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू