अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४१ | Colorodo: 15:56

मदन पुरस्कार २०७७ का लागि ९ वटा पुस्तक प्रारम्भिक सूचीमा

बिआरटीनेपाल २०७८ साउन १५ गते ६:५७ मा प्रकाशित

मदन पुरस्कार २०७७ का लागि ९ वटा पुस्तक प्रारम्भिक सूचीमा परेका छन् । मदन पुरस्कार गुठीले आज शुक्रवार पुस्तकको सूची सार्वजनिक गरेको हो ।

गुठीलाई प्राप्त दुई सय २२ पुस्तकमध्ये छनोट समितिले गुठीलाई नाै पुस्तकको नाम उपलब्ध गराएको हो । जसमा गिरि श्रीस मगरको एकलव्यको देब्रे हात, कृष्ण अविरलको करिया, कुमार नगरकोटीको कल्प–ग्रन्थ, भैरवबहादुर थापाको नृत्याक्षर विज्ञान, प्रभा बरालको फिलिङ्गो, लेखनाथ क्षेत्रीको फुलाङगे, केशव दाहालको मोक्षभूमि, जेसन कुँवरको रमिते र भगिराज इङ्नामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह रहेका छन् ।

छनोटमा परेका यी पुस्तकमध्ये एकलाई सर्वश्रेष्ठ पुस्तकका रूपमा २०७७ को मदन पुरस्कार वितरण गरिने गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू