अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४३ | Colorodo: 10:58

कालीगण्डकी तिनाउ डाइभर्सन हुनुपर्छ – प्रदेश प्रमुख शेरचन

बिआरटीनेपाल २०७८ साउन १५ गते २:२४ मा प्रकाशित

लुम्बिनीका प्रदेशका प्रमुख अमिक शेरचनले कालीगण्डकी(तिनाउ डाइभर्सन गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार पदभार ग्रहण गर्दै शेरचनले विवाद सुल्झाएर डाइभर्सन अघि बढाउनुपर्ने बताउनुभएको हो । सर्वोच्च अदालतले डाइभर्सनको काम अघि नबढाउन अन्तरिम आदेश दिएको छ ।

उत्तरगंगगाको पानी डाइभर्सन गरेर कालीगण्डकीमा पानीको बहाव कम हुन नदिने उपाय अवलम्बन गर्न सकिने शेरचनले सुझाव दिनुभयो । शेरचनले संविधानभन्दा माथि कोही नभएकोमा जोड दिंदै आफूले संविधानले निर्दिष्ट गरे अनुसार निर्णय गर्ने प्रतिवद्धता जनाउनुभएको छ । आफ्नो कार्यकालमा कुनै अप्रिय विवाद देख्न नपर्ने अवस्था सिर्जना गर्ने उहाको भनाई थियो ।

यसैबीच, प्रदेश प्रमुख शेरचनले पदभार ग्रहण गर्नुअघि उनलाई स्वागत गर्न मुख्यमन्त्री र मन्त्रीहरु उपस्थित भएनन् । गत मंगलबारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई हटाएर शेरचनलाई प्रदेश प्रमुख नियुक्त गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू