अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५३ | Colorodo: 14:08

म्याग्दीमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ८ जना घाइते

बिआरटीनेपाल २०७८ साउन १५ गते २:१२ मा प्रकाशित

जिल्लाको धवलागिरी गाउँपालिका बादिकाकामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् ।पश्चिम म्याग्दीको ताकम हुँदै बेनीतर्फ आउँदै गरेको जीप दरबाङ–धारापानी सडक अन्र्तगत बादिकाको भिरबाट खसेको थियो ।

दुर्घटनामा धवलागिरी गाउँपालिका ताकमका बिकास सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । दुर्घटनामा चालकसहित ८ जना घाइते भएका छन् । घाईते सबैजनाको दरबाङ स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू