अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३९ | Colorodo: 15:54

अमेरिकामा कोरोना विरुद्धको खोप लगाउनेले एक सय डलर पाउने

बिआरटीनेपाल २०७८ साउन १५ गते १:२४ मा प्रकाशित

अमेरिकामा कोरोना विरुद्धको खोप लगाउनेले एक सय डलर पाउने भएका छन् ।राष्ट्रपति जो बाइडेनले खोप लगाउनेलाई सय डलर दिन सबै राज्यहरूलाई आह्वान गर्नु भएको हो । यो रकम रेस्क्यु प्लान अन्तर्गतको कोषबाट प्रयोग गर्न सकिने बीबीसीले जनाएको छ ।

अमेरिकामा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण फेरि बढिरहेको भन्दै राष्ट्रपति बाइडेनले खोप लगाउन पनि आह्वान गर्नु भएको छ । बाइडेनले सङ्घीय सरकारका कर्मचारीका लागि पनि खोपसम्बन्धी नयाँ निर्देशन जारी गर्नु भएको छ ।

निर्देशिका अनुसार अब कर्मचारीले खोपको दुई मात्रा लगाउनु पर्ने छ भने भौतिक दूरी पालना र मास्क अनिवार्य लगाउनु पर्नेछ । डेल्टा भेरियन्टको  फैलिँदै गएपछि अमेरिकामा फेरि मास्कको प्रयोग अनिवार्य गर्न भनिएको छ ।

केही दिनअघि राष्ट्रपति बाइडेनका प्रमुख चिकित्सा सल्लाहकार डा. एन्थोनी फाउचीले कोरोना नियन्त्रणमा अमेरिका गलत दिशामा हिँडिरहेको भन्दै स्वास्थ्यका मापदण्ड पालनामा कडाइ गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू