अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५० | Colorodo: 02:05

मकवानपुरको भीमफेदी कारागारका ३ सय ५५ जना कैदीबन्दीमा कोरोना पुष्टि

बिआरटीनेपाल २०७८ साउन १५ गते १:१९ मा प्रकाशित

मकवानपुरको भीमफेदी कारागारका ३ सय ५५ जना कैदीबन्दीमा कोरोना पुष्टि भएको छ । भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागारका ३ सय ५५ जना कैदीबन्दीमा कोरोना पुष्टि भएको हो ।

कारागारमा रहेका ब्लक ‘क’ र ‘ख’ मा ९ सय ७० जना कैदीबन्दीहरुमा गरिएको एन्टिजेन परीक्षणमा ३ सय ५५ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणयकुमार उपाध्यायले जानकारी दिनुभयो । बुधबार र बिहीबार गरिएको परीक्षणमा ३ सय ५५ जना कैदीबन्दीमा कोरोना पुष्टि भएको हो ।

कैदीबन्दीहरुलाई भीमफेदीबाट अर्को कारागारमा पठाउने क्रममा ११ जना कैदीबन्दीमा कोरोना पुष्टि भएपछि कारागारमा रहेका सबै कैदीबन्दीमा कोरोना परीक्षण गरिएको थियो । कोराना पुष्टि भएका संक्रमितहरुमा कुनै किसिमको लक्षण भने नदेखिएको उपाध्यायले बताउनुभयो ।

पुष्टि भएको संक्रमितहरुलाई कारागारभित्रै छुट्टै ब्लकमा स्वास्थ्यकर्मीको निगरानीमा निगरानीमा राखिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू