अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२३ | Colorodo: 20:38

विचौलियाको चलखेलबारे अध्ययन गर्न गठित समितिले सर्वोच्चमा प्रतिवेदन बुझायो

बिआरटीनेपाल २०७८ साउन १४ गते ८:०७ मा प्रकाशित

न्यायपालिकाको विकृति, विसंगति अनियमितता, भ्रष्टाचार एवं विचौलियाको चलखेलबारे अध्ययन गर्न गठित समितिले सर्वोच्च अदालतमा प्रतिवेदन बुझाएको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको समितिले आज प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रतिवेदन बुझाएको हो । प्रधानन्यायाधीश जबराले २९ साउन २०७७ मा समिति गठन गर्नुभएको थियो ।

अध्ययन समितिका सदस्यसमेत रहेका नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सबै न्यायाधीशको रोहबरमा प्रधानन्यायाधीशलाई प्रतिवेदन बुझाइएको बताउनुभयो । उहाँले आफूहरुले प्रतिवेदनमा न्यायाधीश नियुक्तिदेखि नै समस्या रहेको र न्यायिक नेतृत्वले चाहेमा सुधार गर्न सक्ने विषय राखेको बताउनुभयो । प्रतिवेदन बुझ्दै प्रधानन्यायाधीश जबराले प्रतिवेदन सार्वजनिक गर्ने र हुबहु कार्यान्वयन गर्ने बताएको श्रेष्ठले जानकारी दिनुभयो ।

करीब साढे दुई सय पृष्ठ लामो दस्तावेजले न्यायाधीश नियुक्ति प्रक्रियालाई विसंगतिको प्रमुख कारकको रुपमा औंल्याएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू