अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१४ | Colorodo: 12:29

फुटबल टिमका मुख्य प्रशिक्षक अलमुताइरीद्वारा विवादबारे छानबिनको माग

बिआरटीनेपाल २०७८ साउन १४ गते ८:०३ मा प्रकाशित

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले छानबिनको माग गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) मा निवेदन दर्ता गराउनुभएको छ । प्रशिक्षक अलमुताइरीले आज एन्फा कम्प्लेक्स पुगेर वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङ र दुई सञ्चारकर्मीसँगको विवादबारे छानबिन गर्न माग गर्दै निवेदन दर्ता गराउनुभएको हो ।

एन्फाका प्रवक्ता किरण राईले प्रशिक्षक अलमुताइरीले अपरान्ह एन्फा आएर निवेदन दिएको जानकारी गराउनुभयो । दुई सञ्चारकर्मी र उपाध्यक्षको विवादबारे छानबिनको माग गर्दै प्रशिक्षक अलमुताइरीले निवेदन दिनु भएको उहाँले बताउनुभयो । प्रशिक्षक अलमुताइरीले आइतबार सामाजिक सञ्जाल फेसबुकबाट आफुले राजीनामा दिने घोषणा गर्नुभएको थियो । अलमुताइरीले वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङको कारण आफुले राजीनामा दिन लागेको बताउनुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू