अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२८ | Colorodo: 09:43

भारतको कुल जनसङ्ख्याको ७० प्रतिशतमा कोरोना एन्टीबडी पाइएको दावी

बिआरटीनेपाल २०७८ साउन १४ गते ८:०२ मा प्रकाशित

भारतमा गरिएको एक सिरो सर्वेक्षणमा ७० प्रतिशत जनसङ्ख्यामा कोरोनाविरुद्धको एन्टीबडी रहेको पाइएको छ । सर्वेक्षणमा भारतको ८ ठूला राज्यका ७० प्रतिशत जनसङ्ख्यामा एन्टीबडी रहेको पाइएको हो । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चको चौथो चरणको सिरो सर्वेमा छुट्टा–छुट्टै राज्यका जनसङ्ख्यामा एन्टीबडी पाइएको जानकारी दिएको हो ।

यस वर्षको जुन र जुलाई महिनाको बीच करिब २९ हजार मानिसमा यो सर्वेक्षण गरिएको थियो । त्यसअनुसार मध्य प्रदेशमा करिब ७ करोड जनसंख्यामा ७९ प्रतिशत, बिहारमा ७५ प्रतिशत, उत्तर प्रदेशका ७५ प्रतिशत, राजस्थानमा ७६ दशमलव २ प्रतिशत, गुजरातमा ७५ दशमलव ३ प्रतिशत, छत्तीसगढमा ७४ दशमलव ६ प्रतिशत, आन्ध्र प्रदेशमा ७० दशमलव २ प्रतिशत, महाराष्ट्रमा ५८ प्रतिशत र असाममा ५० दशमलव ३ प्रतिशत जनसङ्ख्यामा कोरोनाविरुद्धको एन्टीबडी पाइएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू