अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३९ | Colorodo: 00:54

कोरोनाको तेस्रो लहरअघि खोपको प्रबन्ध गर्न सरकारलाई सामाजिक समितिको सरकारलाई निर्देशन

बिआरटीनेपाल २०७८ साउन १४ गते ८:०२ मा प्रकाशित

प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले कोभिड–१९ संक्रमणको सम्भावित तेस्रो लहरलाई ध्यान दिँदै स्वास्थ्य क्षेत्रको भौतिक संरचनाको व्यवस्थापन र खोपको प्रवन्ध गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बिहीवार बसेको बैठकले कोभिड–१९ संक्रमणको पहिलो र दोस्रो लहरबाट पाठ सिक्दै र सुधार गर्नुपर्ने पक्षलाई ध्यान दिँदै सम्भावित तेस्रो लहरबाट बच्न पूर्व तयारी गर्न सरकारलाई निर्देशन दिएको हो ।

समितिले आवश्यक भौतिक संरचना एवं उपकरणको व्यवस्थापन गर्न तथा खोपको प्रबन्ध गर्न कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति निरु देवी पालले बताउनुभयो । समितिले बालबालिकालाई प्रयोग गर्न मिल्ने कोभिड–१९ विरुद्धको खोपको व्यवस्थापन गर्न, बालमैत्री क्वारेन्टीन बनाउन पनि निर्देशन गरेको छ ।

समितिले बालबालिका सम्बन्धी विशेषज्ञ स्वास्थ्यकर्मी न्यून रहेकाले स्वास्थ्यकर्मीहरूको प्रभावकारी व्यवस्थापन गर्न र अनिवार्य रूपमा खटाइएको ठाउँमा सेवा गर्नका लागि स्वास्थ्यकर्मीहरूको वृत्तिविकासमा देखिएको द्विविधालाई सम्बोधन गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू