अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०३ | Colorodo: 03:18

बालुवाटार छाड्न नमान्ने एमाले अध्यक्ष ओली पार्टी कार्यालयमा नियमित उपस्थित

बिआरटीनेपाल २०७८ साउन १४ गते ७:५८ मा प्रकाशित

प्रधानमन्त्री हुँदा बालुवाटार छाड्न नमान्ने पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महत््वपूर्ण छलफल तथा भेटघाट पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट गर्न थाल्नुभएको छ । अध्यक्ष ओलीले पार्टीको छलफल तथा भेटघाट थापाथलीमा रहेको केन्द्रीय कार्यालयबाट सुरु गर्नुभएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो । बिहीवार पनि ओलीले केन्द्रीय कार्यालयमा पुगेर पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट गर्नुभएको थियो ।

प्रधानमन्त्री रहँदा उहाँले प्रधानमन्त्री निवास बालुवाटारबाटै पार्टीका बैठक गर्दै आउनुभएको थियो । अब पार्टीका सम्पूर्ण बैठक तथा भेटघाट पार्टी केन्द्रीय कार्यालयबाटै हुने कार्यालय सचिव तामाङले जानकारी दिनुभयो । अध्यक्ष ओलीको स्वास्थ्यमा कुनै पनि समस्या नरहेको र उहाँ सक्रिय रूपमा कार्यालयमा उपस्थित हुन सक्ने अवस्था रहेको कार्यालय सचिव तामाङको भनाइ छ । कार्यालयको व्यवस्थापनलाई पनि व्यवस्थित गरिएको उहाँले बताउनुभयो ।

सचिव तामाङले पार्टीको बैठक तथा कार्यक्रम भर्चुअल माध्यमबाट गर्ने व्यवस्था मिलाइएको पनि जानकारी दिनुभयो । पार्टी अध्यक्ष ओलीको अत्यावश्यक बैठक भौतिक उपस्थितिविना भर्चुअल माध्यमबाट पनि गर्न सकिने गरी पार्टी कार्यालयमा भर्चुअल रुम तयार गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू