अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४५ | Colorodo: 13:00

कांग्रेस क्रियाशील सदस्यता विवाद शीर्ष नेताको जिम्मा, पाँच दिनभित्र समाधान गर्ने

बिआरटीनेपाल २०७८ साउन १४ गते ७:५६ मा प्रकाशित

नेपाली कांग्रेसले बाँकी रहेको क्रियाशील सदस्यता विवाद पाँच दिनभित्र मिलाउने भएको छ ।विवाद मिलाउने जिम्मा शीर्ष नेताहरुले लिएका छन् । क्रियाशील सदस्यता छानविन समितिले मिलाउन नसकेका बारा, सप्तरी, धनुषा क्षेत्र नम्बर ४, सर्लाही क्षेत्र नम्बर २ तथा सिन्धुपाल्चोक र रसुवाको विवाद शीर्ष नेताहरुले समाधान खोज्ने भएका हुन् ।

बिहीबार सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा विवादको विषय शिर्ष नेतृत्वले मिलाउने छलफल भएको समिति संयोजक रमेश लेखकले जानकारी दिनुभयो । समिति सदस्य प्रदीप पौडेलका अनुसार बुधबार थपिएको २४ घण्टाको समयमा समितिले करिव १० वटा वडाको समस्या समाधान गरेको छ ।

जसमा कैलाली, धादिङ , हेटौडा लगायका जिल्ला रहेका छन् । समितिले एक सय वडाको समस्या समाधान गर्न नसकेको पौडेलले बताउनुभयो । क्रियाशील छानबिन समितिले दोस्रो पटक प्रतिवेदन बुझाउँदै ४ जिल्लाको समस्या समाधान नभएको शिर्ष नेतृत्वलाइ जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू