अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५८ | Colorodo: 03:13

किरात याक्थुङ चुम्लुङ अमेरिकाले मनायो सिसेक्पा तङ्नाम

बिआरटीनेपाल २०७८ साउन १४ गते ६:३२ मा प्रकाशित

अमेरिका । किरात याक्थुङ चुम्लुङ अमेरिकाले याक्थुङ मौलिक पर्व सिसेक्पा तङ्नाम हर्षोल्लासका साथ मनाएको छ ।

जुलाई २४ मा कुइन्स बृज पार्कमा सम्पन्न उक्त कार्यक्रममा नेपाल सरकारको तर्फबाट महावाणिज्यदूत विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य, आदिवासी जनजाति महासङ्घ अमेरिकाका अध्यक्ष लोक चेम्जोङको विशेष आतिथ्य तथा एनआरएनए न्युयोर्कका अध्यक्ष आङछिरिङ शेर्पा लगायतको आतिथ्य रहेको थियो ।

भव्य र सभ्य रूपमा मनाइएको ससेक्पा तङ्नाम कार्यक्रममा नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो । विभिन्न सङ्घ संस्थाका नेतृत्व, प्रतिनिधि, बुद्धिजीवी जनसमुदाय लगायतको उपस्थिति रहेको उक्त कार्यक्रममा कनेक्टिकट, न्यूजर्सी, मेरिल्यान्ड, एरिजोना, टेक्सस देखी उपस्थिति रहेको थियो ।

कार्यक्रममा आफ्नो संस्कार संस्कृति, भाषा, धर्म जोगाउनका लागि सबैको भूमिका महत्त्वपूर्ण हुन्छ भन्दै सहभागी भएका थिए भने सहभागी हुन नसक्नेहरूले शुभकामना तथा कार्यक्रमका लागि सहयोग राशि पठाएको बताइएको छ ।

५०८१ वर्ष देखि मनाउँदै आइएको पर्वमा आयोजित कार्यक्रममा सहभागी सम्पूर्णमा धन्यवाद तथा कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नेहरुरुमा आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि सबैको साथ र सहयोग रहने अपेक्षा गरिएको संस्थाले जनाएको छ ।

प्रतिक्रिया