अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५६ | Colorodo: 05:11

अमेरिकी कम्पनी एक्जेम्प्लरसँग सगुनको रणनीतिक साझेदारी

बिआरटीनेपाल २०७८ साउन १४ गते ६:२७ मा प्रकाशित

वासिङ्टन डिसी । सोसियल इकमर्स कम्पनी सगुनले अमेरिकी कम्पनी एक्जेम्प्लर एसएलसीसँग रणनीतिक साझेदारी गरेको छ । उक्त समाचार याहू फाइनान्स, एपी न्युज लगायतका विभिन्न पत्रिकाहरूमा हालै प्रकाशित भएका छन् ।

एक्जेम्प्लर कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा सो कम्पनीकी म्यानेजिङ डिरेक्टर क्याथरिन ब्रान्ड भन्छिन्, ‘‘प्रविधिका क्षेत्रमा विद्यमान उद्योग तथा बजारमा नयाँ परिवर्तन ल्याउन सक्ने भिजन सहित काम गरिरहेका स्टार्ट अप कम्पनीहरूलाई हामी सहयोग गछौँ । र सगुन प्रविधिको क्षेत्रमा एउटा नयाँ सम्भावना बोकेर काम गरिरहेको कम्पनी हो भन्ने ठहर गरी रणनीतिक साझेदारी गरेको छौँ ।’’

एक्जेम्प्लर कम्पनीसँगको साझेदारीका विषयमा थप प्रस्ट पार्न गरिएको अनुरोधमा सगुनका संस्थापक गोविन्द गिरी भन्छन्, ‘‘भारतमा अनुसन्धान र प्रोडक्ट डिभलेपमेन्ट तथा नेपालमा प्रयोगकर्ता र व्यवसाय वृद्धिका लागि टिम तयार गरी सुरुका दिनदेखि सगुनले काम गरिरहेको छ । अमेरिकामा टिम तयार गर्ने पूर्व योजना अन्तर्गत सगुनलाई अन्तर्राष्ट्रिय बजारमा सहज प्रतिस्पर्धा गर्न सक्ने स्तरको प्राविधिक विकास तथा कर्पोरेट तहको व्यवस्थापनमा उच्च गुणस्तरीय योगदान गर्न सक्ने अमेरिकन कम्पनी एक्जेम्प्लरसँग साझेदारी गरिएको हो ।’’

यसै सम्बन्धमा थप प्रस्ट पार्दै संस्थापक गिरी भन्छन्, “एक्जेम्प्लर कम्पनीसँगको साझेदारी सगुनको एउटा रणनीतिक विस्तार हो जसबाट सगुनले कानुनी सेवा, व्यवस्थापन, तेस्रो पक्षीय साझेदारी लगायत पुँजी वृद्धिका क्षेत्रहरूमा अन्तर्राष्ट्रिय स्तरको सहयोग प्राप्त गर्नेछ । यसर्थ एक्जेम्प्लर कम्पनीसँगको साझेदारीलाई सगुनले आफ्नो विस्तारित टिमको रूपमा लिएको छ ।“

एक्जेम्प्लर कम्पनीको वेबसाइटमा उपलब्ध जानकारी ( https://exemplarcompanies.com) अनुसार सगुनसँग सम्बन्धित यस कम्पनीका टिम मेम्बरहरू क्रिप्टो करेन्सी, सामाजिक सञ्जाल, इकमर्स लगायतका क्षेत्रहरूमा १५ देखि २५ वर्षसम्मको अनुभव प्राप्त गरेका छन् जसले हार्भड युनिभर्सिटी, एल ए युनिभर्सिटी, थन्डरबर्ड युनिभर्सिटी लगायत अमेरिकाका उच्चस्तरका विश्वविद्यालयहरूबाट उच्च तहको अध्ययन पूरा गरेका छन् । यी टिम मेम्बरहरूसँग, सगुन जस्तै कम्पनीहरूका लागि १.६ बिलियन अमेरिकी डलरसम्मको पुजी सङ्कलन गरेको अनुभव छ । साथै एक्जेम्प्लर कम्पनीका कार्यालयहरू सिलिकन भ्याली, न्यु योर्क, बोस्टन लगायत अमेरिकाका १० वटा मुख्य सहरहरूमा रहेका छन् ।

एक्जेम्प्लर एसएलसीले जारी गरेको प्रेस विज्ञप्तिमा आधारित समाचार पढ्नका लागि तलको लिङ्क क्लिक गर्नुहोला :

https://finance.yahoo.com/news/social-commerce-platform-sagoon-engages-110000305.html

प्रतिक्रिया