अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४४ | Colorodo: 10:59

मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल

बिआरटीनेपाल २०७८ साउन १४ गते २:४७ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । बिहान बालुवाटारमा भएको छलफलमा मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे कुराकानी भएको छ ।

आज या भोलिसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल भए पनि मन्त्रीको टुङ्गो लगाउन भने बाँकी छ । हिजो बसेको सत्तारुढ गठबन्धनको बैठकले छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको थियो । मन्त्री बन्ने व्यक्तिको टुङ्गो नलाग्दा प्रधानमन्त्रीमा नियुक्त भएको दुई हप्ता बित्दासमेत देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सक्नुभएको छैन । प्रधानमन्त्री देउवालाई पार्टीभित्रको आन्तरिक कारण र सत्ता साझेदार दलहरूको विभिन्न कारणले मन्त्रिमण्डललाई पूर्णता दिन सकस परेको उहाँ निकटका नेताले बताएका छन् ।

कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल तथा कृष्णप्रसाद सिटौला समूहलाई समेट्ने विषयमा पनि समझदारी हुन सकेको छैन । मुख्य सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रले पनि सरकारमा जाने मन्त्रीको टुङ्गो लगाउन सकेको छैन ।जनता समाजवादी पार्टी जसपा ले सरकारमा जानेको नाम टुङ्ग्याउन तीन शीर्ष नेतालाई जिम्मा दिएको छ । एमालेको माधवकुमार नेपाल पक्षले भने तत्काल सरकारमा सहभागी नहुने बताइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू