अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३६ | Colorodo: 23:51

कोभिड–१९ र बाढी पहिरोको प्रभावमा ध्यान दिन्छु : डा. विश्वनाथ पौडेल

बिआरटीनेपाल २०७८ साउन १४ गते २:३८ मा प्रकाशित

राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. विश्वनाथ पौडेलले कोभिड–१९ र बाढीपहिरोको प्रभावका बारेमा ध्यान दिने बताउनुभएको छ। उपाध्यक्ष पौडेलले दैनिक कामका साथै समग्र याेजनाको गुणस्तर बढाउने, अर्थसहितका अन्य मन्त्रालयलाई छुटब्याक दिने र आफूलाई चाहिने निकायलाई बलियो बनाउने लक्ष्य रहेको बताउनु भएकाे हाे ।

उपाध्यक्ष पौडेलले भन्नुभयो, ‘कोभिड र फ्ल्डको इम्प्याक्टको बारेमा हामीले हेर्नुपर्नेछ । त्यसपछि रेगुलर काम, ओभरल प्लानिङको गुणस्तर बढाउने र अर्थलगायत अरु मन्त्रालयहरुलाई छुट ब्याक दिने काम र हामीलाई चाहिने अरु निकायहरुलाई बलियो बनाउने हाम्रो लक्ष्य छ।’ उहाँले आफ्नो बाँकी  कार्यकाल सरकारलाई  उपयोगी हुने काम गर्ने बताउनु भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू