अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५५
| Colorodo: 09:10
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले शपथ ग्रहण गर्नु भएको छ । सिंहदरबारमा बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले उहाँलाई शपथ ग्रहण गराउनु भएको हो ।
गएको मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. पौडेललाई र सदस्यहरुमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बुलाई नियुक्त गरेको थियो ।
पौडेलले यसअघि पनि योजना आयोगमा रहेर काम गरिसक्नुभएको छ । यस्तै अन्तर्राष्ट्रिय श्रम सङ्गठनमा रहेर काम गरिसक्नुभएको छ ।