अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०९ | Colorodo: 13:24

अमेरिकी विदेशमन्त्री ब्लिन्केन र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता, मिलेर अगाडि बढ्ने प्रतिवद्धता

बिआरटीनेपाल २०७८ साउन १३ गते ८:१३ मा प्रकाशित

भारत भ्रमणमा रहनुभएका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको छ ।विदेशमन्त्री बनेपछि ब्लिन्केन पहिलो पटक दुई दिन भारत भ्रमणमा आउनुभएको हो । ब्लिन्केनले भारत सरकारसँगको अमेरिकी सम्बन्ध अझै बलियो बनाइने बताउनुभएको छ ।

ब्लिन्केन र जयशंकरबीचको भेटमा भारत र अमेरिकाका साथै दक्षिण एशियाली मुलुकहरुका बारेमा पनि छलफल भएको बीबीसी हिन्दीले जनाएको छ ।

भारतीय विदेशमन्त्री जयशंकरले भन्नुभएको छ, ‘एसिया–प्रशान्त क्षेत्रमा शान्ति र समृद्धि हामी दुबैको लागि अफगानिस्तानमा स्थिरता जत्तिकै महत्त्वपूर्ण छ । क्वाडलाई आपसी सहयोगको मञ्च बनाउनु हाम्रो पारस्परिक हितमा छ र हामीले आतंकवाद जस्ता समसामयिक चुनौतिमा बढी नजिकबाट काम गर्नुपर्दछ ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू