अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४२ | Colorodo: 04:57

भुटानले एक हप्तामै ९० प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगायो

बिआरटीनेपाल २०७८ साउन १३ गते ८:०५ मा प्रकाशित

भुटानले आफ्नो देशका ९० प्रतिशत खोप लगाउन योग्य व्यक्तिलाई एक हप्ताभित्रै कोभिड १९ (कोरोना भाइरस) विरुद्धको खोप लगाएको छ । जुलाई २० देखि २७ अर्थात् हिजो मङ्गलवारसम्ममा खोपयोग्य ९० प्रतिशत नागरिकलाई खोप लगाएको भारतीय समाचार संस्था हिन्दुस्तान टाइम्सले जनाएको छ ।

खोप योग्य पाँच लाख ३० हजार जनामध्ये एक हप्तामा चार लाख ८० हजार नागरिकलाई भुटानले कोरोनािविरुद्धको खोप लगाएको छ । उनीहरू सबैलाई दोस्रो मात्रा खोप दिइएको हो । भुटानको जनसङ्ख्या झन्डै आठ लाख रहेको छ । भुटानले खोप लगाउने अभियान अन्तर्गत दुर्गम भेगमा हेलिकोप्टरमार्फत खोप आपूर्ति गरेको थियो ।

संयुक्त राष्ट्र सङ्घीय बाल कोष युनिसेफले भुटानमा तीव्र गतिमा सञ्चालन गरिएको खोप कार्यक्रमलाई सफलताको कथा आशाको किरण भएको बताएको छ । युनिसेफका भुटानी प्रतिनिधि विल पार्क्सले यसलाई सम्भवतः विश्वकै छिटो खोप अभियानमध्येको एक भएको बताउनुभएको हिन्दुस्तान टाइम्सले जनाएको छ । भुटानको स्वास्थ्य मन्त्रालयका अनुसार यस अभियानमा विभिन्न देशले दानमा दिएका कोरोना खोपको प्रयोग गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू