अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५७ | Colorodo: 02:12

नेकपा माओवादी केन्द्रको लेटरप्याड, छाप र पार्टी अध्यक्षको हस्ताक्षर दुरुपयोग

बिआरटीनेपाल २०७८ साउन १३ गते ८:०० मा प्रकाशित

नेकपा माओवादी केन्द्रले पार्टीको लेटरप्याड, छाप र पार्टी अध्यक्षको हस्ताक्षर दुरुपयोग भएकोमा आपत्ति जनाएको छ ।माओवादी केन्द्रको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले आज एक विज्ञप्ति जारी गर्दै पार्टीको लेटरप्याड, अध्यक्ष पुष्पकमल दाहालको नक्कली हस्ताक्षर राखी गलत सूचना प्रवाह गरिएकोमा गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको हो ।

हिजो नेकपा माओवादी केन्द्रको लेटरप्याडमा एमसीसी कार्यान्वयन गर्ने, अफ्ताव आलम छुटाउन पहल गर्ने, माओवादीका ४९ जना सांसदलाई कुनै न कुनै निकायमा नियुक्ति दिलाउने लगायतका भ्रामक प्रचार भएकोप्रति पार्टीले आपत्ति जनाएको छ । प्रविधिको प्रयोग गरेर भ्रम फैलाउनेलाई कडा कारबाही गर्न पनि माओवादी केन्द्रले माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू