अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३२ | Colorodo: 00:47

क्रियाशील सदस्यको परिस्कृत विवरण पेश गर्न समितिलाई २४ घण्टे अल्टिमेटम

बिआरटीनेपाल २०७८ साउन १३ गते ७:५५ मा प्रकाशित

नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवादको परिस्कृत विवरण पेश गर्न क्रियाशील सदस्यता छानविन समितिलाई २४ घण्टाको समय दिइएको छ। बुधबार बसेको कांग्रेसको पदाधिकारी बैठकले क्रियाशील सदस्यता छानविन समितिलाई २४ घण्टाभित्र बाँकी रहेको काम पूरा गर्न जिम्मेवारी दिएको प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।

प्रवक्ता शर्माले भदौ १६ सम्म ८ वटा तहमध्ये ७ वटा तहको निर्वाचन सक्नुपर्ने अवस्थामा वडा तहको निर्वाचन स्थगित गरिएको बताउनुभयो । क्रियाशील सदस्यको प्रतिवेदनमाथि छलफल थालनी भएको उहाको भनाई छ । समितिले भोलिसम्म अध्ययन गरेर प्रतिवेदन बुझाएपछि पार्टी केन्द्रीय कमिटीले निर्धारण गरेर अन्तिम रुप दिने उहाँले बताउनुभयो । बैठक भोलि बिहीबार दिउँसो २ बजे फेरि बस्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू