अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५४ | Colorodo: 20:09

अफगानिस्तानमा तालीवानीको ज्यादती, एक वर्षमा ५ हजार बढी मारिए

बिआरटीनेपाल २०७८ साउन १२ गते ७:२८ मा प्रकाशित

अफगानिस्तानमा यो वर्षमात्रै ५ हजार १ सय ८३ जना मारिएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।संयुक्त राष्ट्रसंघद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनमा बिगत ६ महिनामा मारिेनेमा अधिकांश महिला र बालबालिका रहेका छन् ।यता तालिवानी विद्रोहीको यो महिना मात्रै ४३ जनाको हत्या गरेको खुलासा भएको छ ।मारिनेमा अफगानी सेना र सर्वसाधारण रहेका छन् ।

अफगानिस्तानको गजनी प्रान्तमा पकड जमाइ बसेको तालिवानी विद्रोेहीमाथि अफगानी सेनाले कारबाहीमा ४३ जना मारिएका हुन् ।अफगानिस्तानको गजनीमा आक्रमण तीव्र हुन थालेपछि हजारौं नागरिक भागेर काबुल पुगेका छन् । रात्रीकालीन कफ्र्यु आदेश जारी रहेकै बेला हजारौंको संख्यामा सर्वसाधारण काबुल पुगेका हुन् ।

सरकारी सेनाको नियन्त्रण रहेको काबुलमा शरण लिन पुगेका उनीहरुको व्यवस्थापनमा समस्या भएको छ ।यसैबीच अफगानिस्तानकै मलिस्तान जिल्लामा प्रवेश गरेका तालीवानीहरुले त्यहाँको जनताको सम्पत्ति लुटेर सामुहिक रुपमा जलाएका छन् ।अफगानिस्तानको कान्दाहारका सरकारी सेना र तालीवानी बीचको भिडन्तमा थुप्रैको संख्यामा तालिवानी मारेपछि उनीहरुले सर्वसाधारणको हत्या गर्न थालेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू