अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४६ | Colorodo: 20:01

प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी

बिआरटीनेपाल २०७८ साउन १२ गते ७:२६ मा प्रकाशित

प्रधानसेनापतिको कार्यवाहक जिम्मेवारी प्रभुराम शर्मालाई दिइएको छ ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । शर्माले हाल सेनामा बलाध्यक्ष र बलाधिकृत रथीको जिम्मेवारी सम्हालिरहनुभएको थियो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले २५ भदौबाट अनिवार्य अवकाश पाउँदै हुनुहुन्छ । अवकाशको एक महिना अघि विदा बस्ने परम्परा अनुरुप उहाँले २४ साउनबाट विदा बस्ने तयारी गर्नुभएको छ । थापाको औपचारिक विदाइ भने २५ भदौमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू