अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३८ | Colorodo: 05:53

संवैधानिक अधिकार कार्यान्वयनका लागि निरन्तर पहलकदमी आवश्यक – सभामुख सापकोटा

बिआरटीनेपाल २०७८ साउन १२ गते ७:२३ मा प्रकाशित

 

सभामुख अग्निप्रसाद सापकोटाले संविधानमा प्राप्त अधिकारहरू संघर्षको प्रतिफल भएकोले यसको कार्यान्वयनका लागि निरन्तर पहलकदमी आवश्यक रहेको बताउनुभएको छ ।मंगलबार संघीय संसद भवन नयाँ बानेश्वरमा अन्तरपार्टी महिला सञ्जालका तर्फबाट ज्ञापनपत्र बुझेपछि सभामुख सापकोटाले आवश्यक पर्दा सकारात्मक र रचनात्मक दवाव सिर्जजना गर्नुपर्ने बताउनुभयो ।

संविधानमा लोकतन्त्रका सबै आयाम समेटिएको र मौलिक व्यवस्थाहरू कायम गरिएको स्पष्ट गर्दै उहाँले सोही व्यवस्थाका कारण प्रतिनिधिसभामाथि दुई पटक सम्म आइपरेका नकारात्मक परिघटना समाधान भएको धारणा राख्नुभयो ।संसद्लाई प्रभावकारी बनाउन आफूले पहल र प्रयत्न जारी राखेको बताउँदै सभामुख सापकोटाले संसद्मा विधेयकहरूलाई अघि बढाउने सन्दर्भमा आफूले प्रधानमन्त्रीसँग र आवश्यक परे सर्वदलीय छलफल गर्ने पनि जानकारी दिनुभयो ।

देश र जनताको अधिकतम हितलाई ध्यानमा राखेर निष्ठापूर्वक काम गर्ने बताउँदै उहाँले सञ्जालको गराएको ध्यानाकर्षणप्रति ऐक्यबद्धता जनाउनुभयो । सञ्जालले उठाएका विषयलाई निर्णायक ठाउँमा पुर्याउने र यसको मर्म बुझाउन प्रयत्न गर्ने सभामुख सापकोटाको भनाइ थियो ।

अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष कल्याणी रिजालले सभामुख दह्रोसँग उभिएका कारण प्रतिनिधिसभाको पुनःस्थापना भएको बताउँदै मन्त्रिपरिषद् विस्तार हुँदा कम्तीमा संविधानले व्यवस्था गरे अनुसारको महिला सहभागिताका लागि पहल गरिदिन सभामुख सापकोटालाई आग्रह गर्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू