अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२६ | Colorodo: 10:41

टोकियो ओलम्पिकमा नेपालका एलेक्सको राष्ट्रिय कीर्तिमान, अघिल्लो चरणमा पुग्न असफल

बिआरटीनेपाल २०७८ साउन १२ गते ७:२२ मा प्रकाशित

जापानमा चलिरहेको टोकियो ओलम्पिकमा नेपालका पौडी खेलाडी अलेक्जेन्डर शाह एलेक्सले हिट चरण पार गरेका छन् । पुरुषको एक सय मिटर फ्री स्टाइलमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्दै एलेक्सले हिट चरण पार गरेका हुन् ।

एलेक्सले ५३ दशमलव ४१ सेकेन्डको समयमा एक सय मिटरको दुरी पार गरे । यसअघि उनकै नाममा ५५ दशमलव ३८ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो । एक सय मिटर फ्री स्टाइलमा प्रतिस्पर्धामा ७१ जना खेलाडीमध्ये एलेक्स ५९ स्थानमा रहन सफल भए । उनी सेमिफाइलन पुग्नबाट भने चुकेका छन् ।

पौडीकै गौरिका सिंहले भोलि बुधवार खेल्दै छिन् । यसअघि नेपालका शुटिङ र जुडोका दुई जना खेलाडी प्रारम्भिक चरणबाटै बाहिरिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू