अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४७ | Colorodo: 02:02

लिबियामा डुंगा दुर्घटना हुँदा कम्तीमा ५७ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ साउन १२ गते ७:२१ मा प्रकाशित

लिबियामा एक डुंगा दुर्घटना हुँदा ५७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरु आप्रवासी रहेको अन्तर्राष्ट्रिय आप्रवासी संगठनले जनाएको छ ।मृत्यु हुनेहरुमध्ये कम्तीमा २० महिला र २ बालबालिका रहेको अधिकारीहरुले जनाएका छन् । लिबियाको पश्चिम तटीय क्षेत्र खुम्सबाट ती यात्रु बोकेर हिडेको डुंगा क्षमताभन्दा बढी यात्रुका कारण दुर्घटना भएको हुनसक्ने सरकारी अधिकारीहरुले अनुमान गरेका छन् ।

दुर्घटनालगत्तै आठ जनाको सकुशल उद्दार गरिएको छ । डुंगाका कति यात्रु सवार थिए भन्नेबारेमा अुनसन्धान भइरहेको त्यहाँको सरकारले जनाएको छ ।दुर्घटनाबा बाँचेकाहरु नाइजेरिया, घाना र गाम्बियाका नागरिक रहेको बताइएको छ । लिबियामा गत हप्ता पनि भएको डुंगा दुर्घटनामा २० जनाको मृत्यु भएको थियो ।

यस वर्ष करिब १५ हजार शरणार्थीलाई लिबियाको समुद्री तटबाट उद्दार गरिएको अधिकारीहरुले जनाएका छन् । यो संख्या सन् २०२० मा देश छोड्नेको भन्दा बढी रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । एमनेष्टी इन्टरनेशनलले पछिल्लो ६ महिनामा सात हजार भन्दा बढी आप्रवासीलाई गैरकानुनी रुपमा सीमा पार गर्न खोजेको आरोपमा हिरासतमा लिइएको दावी गरेको छ ।

सन् २०११ को विद्रोहपछि मुहम्मद गद्दाफीको सत्ताच्यूत भएसँगै युरोप प्रवेशका लागि लिबिया महत्वपूर्ण ट्रान्जिट बन्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू