अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०० | Colorodo: 06:15

नागरिकता बिधेयक पारित गर्नुपर्ने बारेमा संसदमा छलफल

बिआरटीनेपाल २०७८ साउन १२ गते ७:१६ मा प्रकाशित

प्रतिनिधिसभा बैठकमा नागरिकता बिधेययक पारित गर्नुपर्ने बिषयमा कुरा उठेको छ । आजको बैठकमा सांसदहरुले नागरिकता विधेयक छिटो भन्दा छिटो संसदबाट पारित गर्न माग गरेका हुन् । आजको प्रतिनिधिसभाको शुन्य र विशेष समयमा बोल्दै सांसदहरुले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक ३ वर्षदेखि प्रतिनिधिसभामा अड्किएको भन्दै त्यसलाई पारित गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

४ साउन २०७५ मा प्रतिनिधिसभामा पेश भएको नागरिकता ऐन संशोधन विधेयक अझैसम्म पारित हुन सकेको छैन । उक्त विधेयक पारित नहुँदा जन्मको आधारमा नेपाली नागरिकता लिएका नेपाली नागरिकका सन्तान नागरिकताबाट वञ्चित भएका छन् ।

विशेष समयमा बोल्दै जनता समाजवादी पार्टी जसपाका सांसद प्रमोद शाहले नागरिकता विधेयक पारित नहुँदा धेरै नेपाली नागरिक अनागरिक भएर बस्नुपरेको बताउनुभयो । विधेयक पारित नहुँदा जन्मको आधारमा नागरिकता पाएकाको सन्तानलाइ नागरिकता वितरमा समस्या भएको उहाँको भनाइ छ । परिवारको एउटा सदस्यले नागरिकता पाएको तर अर्को सदस्यले नागरिकता नपाएको भन्दै उहाँले यस्ता नेपालीलाई कहिलेसम्म गैर नागरिक बनाएर राख्ने भनी प्रश्न गर्नुभयो ।

यस्तै नेकपा एमालेका सांसद लालबाबु पण्डितले नागरिकता विधेयक जतिसक्दो छिटो पास गर्नुपर्ने धारणा राख्नुभयो । बिधेययक संसदमा अड्किएको धेरै भएको भन्दै उहाँले अब नागरिकता विधेयक सहज रुपले छिटो पास पारित गर्नुपर्ने बताउनुभयो । बैठकमा नेकपा माओवादी केन्द्रका सांसद इन्दु शर्माले पनि नागरिकता विधेयक संसदबाट पास नहुँदा धेरै नागरिकहरु अनागरिक भएर बस्नुपरेको भन्दै जतिसक्दो छिटो विधेयक पास गरिनुपर्ने बताउनुभयो । सदनबाट छिटो भन्दा छिटो सर्व सम्मतिले बिधेयक पारित गरिनुपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू