अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०६ | Colorodo: 11:21

नेपालमा कोरोनाको अल्फा र डेल्टापछि भेटियो कप्पा भेरियन्ट

बिआरटीनेपाल २०७८ साउन १२ गते ७:१५ मा प्रकाशित

नेपालमा अल्फा, डेल्टापछि कोरोनाको अर्को भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै यसकोे जानकारी गराउनुभएको छ ।

नेपालमा अहिले पछिल्लोपटक भेटिएको कप्पा भेरियन्ट बढी संक्रामक रहेको र सबै उमेर समूहका व्यक्तिहरुलाई असर पार्ने अध्ययनबाट पाइएको छ । उहाँका अनुसार जेठको मध्येदेखि असारमसान्तसम्म देशका विभिन्न भागहरुमा विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमुनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनोट गरी ४७ वटा नमुनाहरु भारतमा पठाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू