अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२२ | Colorodo: 13:37

पूर्वसभामुख कृष्णबहादुर महरालाइ उच्च अदालत पाटनबाट पनि सफाइ

बिआरटीनेपाल २०७८ साउन १२ गते ७:११ मा प्रकाशित

पूर्वसभामुख कृष्णबहादुर महराले बलात्कार सम्बन्धी मुद्दामा उच्च अदालत पाटनबाट पनि सफाइ पाउनुभएको छ । आज न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले जिल्ला अदालत काठमाडौंको फैसलालाई नै सदर गरेको हो । संसद सचिवालयकै एक जना कर्मचारीलाइ शाहीलाई बलात्कार गरेको अभियोगमा महरामाथि मुद्दा चलेको थियो ।

महराले जिल्लाबाट सफाइ पाएपछि सरकारी वकिल उच्च अदालतमा जानुभएको थियो । बलात्कारको आरोपका कारण महराले सभामुख पदबाट राजीनामा दिनुपरेको थियो । काठमाडौं जिल्ला अदालतले महरालाई जबरजस्ती करणी उद्योगमा दाबी पुग्न नसक्ने भन्दै फैसला सुनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू