अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५० | Colorodo: 16:05

अफगानिस्तानमा सेनाले गरेको कारबाहीमा कम्तीमा ९० तालिवान लडाकू मारिए

बिआरटीनेपाल २०७८ साउन १२ गते २:१७ मा प्रकाशित

अफगानिस्तानमा सरकारी सेनाले गरेको कारबाहीमा कम्तीमा ९० तालिवान लडाकू मारिएका छन् ।अफगानिस्तानका बिभिन्न शहरमा पकड जमाएर बसेका तालीवान लडाकु बिरुद्ध सरकारी सेनाको गरेको कारबाहीमा उनीहरु मारिएका हुन् । कन्दाहार, हेरात, फराह, र कापिसा प्रान्तमा अफगान सेनाले हवाई तथा स्थलगत कारबाही गरेको हो ।

उता, अफगानिस्तानकै घाज्नी प्रान्तमा पर्ने मलिस्तानमा भएको हिंसात्मक घटनामा ४३ सर्वसाधारण र केही सुरक्षाकर्मीहरुको मृत्यु भएको छ । अफगानिस्तानबाट अमेरिकी सेना बाहिरिएसंगै तालवानले आफ्नो पकड क्षेत्र विस्तार गर्दै अघि बढेपछि सरकारले देशको करीब दुई तिहाई भूमागमा रात्रीकालीन कफ्र्यू लागू गरेको छ । कफ्र्यूकैबीच सरकारी सेनाले विद्रोही विरुद्ध कारबाही थालेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू