अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१२ | Colorodo: 01:27

इराकबाट अमेरिकी सेना फिर्ता हुने

बिआरटीनेपाल २०७८ साउन १२ गते २:१४ मा प्रकाशित

अमेरिकाले यस वर्षको अन्त्यसम्ममा इराकबाट आफ्ना सेना फिर्ता बोलाउने जनाएको छ ।राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा इराकी प्रधानमन्त्री मुस्तफा अल–कधिमीसँगको भेटवार्तापछि यस्तो घोषणा गर्नुभएको हो ।तर अमेरिकी सेनाले इराकी फैजलाई तालिम र अन्य सहयोग भने जारी राख्ने बताइएको छ ।

इराकमा हाल दुई हजार पाँच सय अमेरिकी सेना कार्यरत छन् । यता इराकका प्रधानमन्त्री कधिमीले आफ्नो मुलुकमा अब विदेश सेनाको सहयोग आवश्यक नरहेको बताउनुभएको छ ।उहाँले इराकले पुननिर्माण, शिक्षा र रोजगामीमा आफूलाई रुपान्तरण गर्ने बेला आएको भन्दै विदेशी सेना आवश्यक नरहेको बताउनुभएको हो ।

इराकमा हिंसात्मक गतिविधिमा संलग्न इस्लामिक स्टेट समूहविरुद्धको कारवाहीमा अमेरिकी सेनाले इराकलाई सहयोग गर्दै आएको छ ।गत वर्ष राजधानी बगदादमा ड्रोन हमलामा शीर्ष इरानी जनरल कसेम सोलेमानी र इरान समर्थित शिया मुस्लिम मिलिसियाका नेता मारिएपछि इराकमा अमेरिकाको उपस्थिति एउटा प्रमुख मुद्दा बनेको छ ।

इरानसँग सम्बन्धित राजनीतिक दलहरुले सुन्नी जिहादी समूहले अमेरिकी सेना फिर्ता लिन चर्को दवाव दिँदै आएका छन् । यसबीच शिया मिलिसियालाई अमेरिकाले सयौं रकेट, मोटार र ड्रोन हमला गरी आक्रमण गरेको आरोप लगाउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू