अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०१ | Colorodo: 08:16

भारतमा जिन्सको कपडा लगाएको निहुँमा किशोरीको हत्या

बिआरटीनेपाल २०७८ साउन १२ गते २:०१ मा प्रकाशित

भारतको उत्तर प्रदेशमा जिन्सको कपडा लगाएको निहुँमा एक किशोरीको हत्या भएको छ। प्रहरीले किशोरीका हजुरबुबा र काकाले हत्या गरेका बताएको छ ।जिन्सको पाइन्ट नलगाउन भने पनि नमाने पछि किशोरीमाथि कुटपिट भएको अनुसन्धानबाट खुलेको छ । कुटपिटकै कारण उनको ज्यान गएको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न भएका हजुरबुबा र काकालाई प्रहरीले पक्रेको छ । गएको ४ गते पूजाका लागि निस्किएकी किशोरीले जिन्सको पाइन्ट र टप्स लगाएकी थिइन् । तर हजुरबुबाले त्यो कपडा लगाएर नजान भनेका थिए ।जवाफमा किशोरीले आफूले कपडा नफेर्ने बताएकी थिइन्।

यही विषयमा विवाद हुँदा किशोरीमाथि कुटपिट भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यसपछि उनी घाइते भएकी भन्दै उपचारका लागि अस्पताल लैजाने भन्दै घरबाट १६ किलोमिटर टाढा रहेको एउटा पुलबाट नदीमा फालिदिएका थिए ।

तर किशोरीको शव पुलको ग्रीलमा नै अड्किएको थियो । पुलमा शव देखेपछि प्रत्यक्षदर्शीले प्रहरीमा खबर गरेका थिए । घटनाको अनुसन्धान भइरहको भारतीय प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू