अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५० | Colorodo: 00:05

अफगान सेनालाई सहयोग जारी राख्ने अमेरिकी सेनाको घोषणा

बिआरटीनेपाल २०७८ साउन ११ गते ७:४३ मा प्रकाशित

अमेरिकाले तालिवानीविरुद्धको कारवाहीका लागि अफगानी सेनालाई सहयोग जारी राख्ने जनाएको छ ।अमेरिकी सेना फिर्ता भएसँगै अफगानिस्तानमा तालिवानीहरुले सशस्त्र गतिविधि तीव्र पारेपछि अमेरिकी सेनाले तालिवानीविरुद्ध हवाइ आक्रमण जारी राख्ने जनाएको हो ।

तर यो हवाई हमला अमेरिकी सेना फिर्ता भएपछि सकिन्छ वा जारी रहन्छ भन्नेमा केही खुलाईएको छैन । अफ्गानिस्तनका महत्वपूर्ण वैदेशिक सिमा नाका एवं सामरिक केन्द्रहरु तालिवानको नियन्त्रणमा जान थालेपछि अमेरिकाले हवाई हमला जारी राख्ने जनाएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू