अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५५ | Colorodo: 14:10

पार्टी एकताका लागि थप प्रयास गर्ने एमाले खनाल–नेपाल पक्षको निर्णय, संवादमा बस्न ओली र नेपाललाई आग्रह

बिआरटीनेपाल २०७८ साउन ११ गते ७:३५ मा प्रकाशित

नेकपा (एमाले) को खनाल–नेपाल पक्षले पार्टी एकताका लागि थप प्रयास गर्ने निष्कर्ष निकालेको छ। आइतबार र सोमबार काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बैंकेटमा बसेको स्थायी समितिका नेताहरुको बैठकले पार्टी एकताका लागि भइरहेका प्रयासहरु सकारात्मक रहेको ठहर गरेको हो ।

तर त्यसलाई टुंगोमा पुर्याउन थप प्रयास गर्नुपर्नेमा जोड दिइएको छ । बैठकले पार्टी एकताका लागि भइरहेको प्रयासलाई बिथोलिने गरी अभिव्यक्ति नदिन पार्टीका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाललाई आग्रह समेत गरेको बैठकपछि नेता रघुजी पन्तले बताउनुभयो ।

बैठकले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच छिट्टै भेटेर संवादमा बस्न आग्रह पनि गरिएको छ । अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले अध्यक्षका रुपमा काम गर्नेगरी आगामी महाधिवेशनसम्म जाने प्रस्तावलाई एकताको आधार बनाउन सकिने बैठकमा छलफल भएको छ । यस्तै बैठकमा संविधानको रक्षा, प्रतिनिधिसभाको पुनः स्थापनासँगै यसको प्रभावकारी काम कार्वाहीलाई कसरी अघि बढाउने भन्ने विषयमा समेत नेताहरुले छलफल गरेका थिए।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू