अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३४ | Colorodo: 03:49

टोकियो ओलम्पिकको पुरुष फुटबलतर्फ फ्रान्स र अर्जेन्टिनाको पहिलो जित

बिआरटीनेपाल २०७८ साउन ११ गते २:३४ मा प्रकाशित

टोकियो ओलम्पिकको पुरुष फुटबलतर्फ फ्रान्स र अर्जेन्टिनाले पहिलो जित हात पारेका छन् ।समुह ‘ए’ को खेलमा फ्रान्सले दक्षिण अफ्रिकालाई ४–३ ले हराउँदा जापानले मेक्सिकोमाथि २–१ को जित निकाल्यो ।

यसैगरी समुह ‘बी’ को खेलमा दक्षिण कोरियाले रोमानियालाई ४–० ले पराजित गर्दा होण्डुरसले न्युजिल्याण्डमाथि ३–२ को जित निकाल्यो।

समुह ‘सी’ का खेलहरुमा स्पेनले अष्ट्रेलिया तथा अर्जेन्टिनाले इजिप्टलाई १–० ले हराए । यसैगरी समुह ‘डी’ का खेलहरुमा जर्मनीले साउदी अरबीयालाई ३–२ ले पाखा लगाउँदा ब्राजिलले आइभोरी कोष्टसँग गोलरहित बराबरीमा चित्त बुझाउनुपर्यो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू