अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२२ | Colorodo: 05:37

अमेरिकामा खोप नलगाएका व्यक्तिमा कोरोना संक्रमण बढ्दैछ : डा. फाउची

बिआरटीनेपाल २०७८ साउन ११ गते २:२६ मा प्रकाशित

खोप नलगाएका व्यक्तिहरूमा संक्रमण बढिरहेका बेला अमेरिकाका प्रमुख स्वास्थ्य विज्ञ डा.एन्थोनी फाउचीले कोरोना भाइरसका मामिलामा अमेरिका गलत दिशामा गइरहेको टिप्पणी गरेका छन् । उहाँले कोरोना भाइरसको खोप लगाइने दर कम भएका क्षेत्रमा डेल्टा भेरिअन्ट बढिरहेको बताउनुभयो ।

फाउचीले स्वास्थ्य अधिकारीहरूले स्थितिलाई नियन्त्रणमा लिन खोप लगाएका व्यक्तिका लागि मास्क अनिवार्य गर्ने निर्देशिका परमार्जन गर्नेबारे पनि कुराकानी भइरहेको बताउनुभएको छ । फाउचीले कमजोर व्यक्तिहरूलाई प्रतिरक्षा बढाउनेखाले खोप दिने कुरा पनि समीक्षाका क्रममा रहेको पनि बताउनुभएको छ । अमेरिकामा हालसम्म जनसंख्याको ४९ प्रतिशतले पूर्ण रूपमा खोप लगाइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू