अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३८ | Colorodo: 10:53

गण्डकी प्रदेश सरकारमा डोबाटेलाई मन्त्री नबनाउनु दलित समुदायप्रतिको अपमान – शेखर कोइराला

बिआरटीनेपाल २०७८ साउन १० गते ७:५० मा प्रकाशित

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गण्डकी प्रदेशमा भएको मन्त्रिपरिषद बिस्तारलाई सच्याउन माग गर्नुभएको छ । तनहुँका सांसद डोबाटे विश्वकर्मालाई मन्त्री बनाउने सूचीबाट अन्तिम समयमा नाम हटाएर अर्कै सांसद मन्त्री बनेका थिए। डोबाटे मन्त्री बन्ने भने पनि पछि कास्कीका सांसद विन्दुकुमार थापा कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बन्नुभएको थियो । डोबाटे वरिष्ठ नेता रामचन्द्र पौडेल निकट हुनुहुन्छ ।

सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाले थापालाई मन्त्री बनाउन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई आग्रह गरेपछि अन्तिम समयमा डोबाटेको नाम मन्त्रीबाट हटाइएको स्रोतको दाबी छ।

मुख्यमन्त्री पोखरेलले डोबाटेलाई मन्त्री बनाउन चाहनुभएको थियो । डोबाटेको नाम हटाएर गण्डकीमा मन्त्रिपरिषद बिस्तार गरेकोमा कांग्रेसभित्रबाटै आलोचना भएको छ। दलित समुदायप्रति अपमान हुने गरी डोबाटेको नाम हटाइएको केन्द्रीय सदस्य शेखर कोइरालाको भनाइ छ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू