अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५५ | Colorodo: 14:10

“अबको २६ वर्षमा भारत, अमेरिका र चीन बराबर धनी हुन्छ”– मुकेश अम्बानी

बिआरटीनेपाल २०७८ साउन १० गते ७:४८ मा प्रकाशित

भारतीय अर्बपति मुकेश अम्बानीले अबको २६ वर्षभित्र भारत, अमेरिका र चीन सरह बराबरी धनी हुने दावी गरेका छन् ।भारतको सबैभन्दा धनी र संसारकै अर्बपति अम्बानीले गत तीन दशकमा भारतले अपूर्व आर्थिक सुधार गरेको दावी पनि गरेका छन् ।

तीन दशको सुधारले नागरिकलाई अद्भूत रुपमा फाइदा पुर्याउने भन्दै अम्बानीले अब भारतले आफ्नै खालको विकास मोडेल तय गर्नुपर्ने सुझाव पनि दिएका छन् ।भारतमा आर्थिक उदारीकरणको तीन दशकसम्बन्धि टाइम्स अफ इन्डियामा लेखिएको लेखमा अम्बानीले सन् २०४७ भित्र भारत, चीन र अमेरिका बराबरसम्पन्न हुने दाबी गरेको बिजनेस स्टाण्डर्डले उल्लेख गरेको हो ।

सन् १९९१ को अभावको अर्थव्यवस्थाबाट सन् २०२१ मा भारत पर्याप्त अर्थव्यवस्थामा परिणत भएको भन्दै उनले सन् २०५१ भित्र भारतलाई दिगो, प्रशंसनीय र समान समृद्धिको अर्थव्यवस्थामा रूपान्तरण गरिनुपर्ने भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू