अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२६ | Colorodo: 17:41

ललितपुरबाट नक्कली डाक्टर पक्राउ

बिआरटीनेपाल २०७८ साउन १० गते ७:४६ मा प्रकाशित

नेपाल प्रहरीले ललितपुरबाट एकजना नक्कली डाक्टरलाई पक्राउ गरेको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र किर्ते गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा ललितपुरको ललितपुर महानगरपालिका–२ घर भएका ३६ वर्षीय विजयश्याम रंजित रहेका छन्।

रंजित नेपाल मेडिकल काउन्सिल बाँसवारी काठमाडौंबाट चिकित्सकको रुपमा दर्ता हुनको लागि दर्ता प्रमाण प्रत्र प्रवेश परीक्षामा सहभागी भएका थिए । तर परीक्षामा अनुतिर्ण भएकोमा उनले काउन्सिलको स्थायी दर्ता प्रमाण पत्र नम्बर १०८५५ को प्रमाण पत्रमा काउन्सिलको छाप लगाई, रजिष्ट्रारको दस्तखत समेत किर्ते गरेको पाइएको प्रहरीले जनाएको छ।

उनलाई ब्यूरोको प्रहरी टोलीले आइतबार महाराजगञ्जबाट पक्राउ गरी ‘लिखतसम्बन्धी कसूर अपराधमा’ कारबाहीको लागि काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू